काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन तोलामा एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।