आजदेखि स्वस्थानी व्रत कथा सुरु

काठमाडौं । स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजदेखि सुरु भएको छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ ।

आजैदेखि काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास रहिआएको छ । यो विश्वासमा प्रत्येक वर्ष त्यहाँ लाखौं भक्तजन जाने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर