जावलाखेल पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । मछिन्द्र फुटबल क्लबविरुद्ध १–० को साँघुरो जित निकाल्दै जावलाखेल युथ क्लब २३औँ आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार पोखरा रंगशालामा सम्पन्न खेलमा जावलाखेललाई जित दिलाउन हिसुब थपलियाले गरेको गोल निर्णायक बन्यो । हिसुबले खेलको ३८औँ मिनेटमा जावलाखेललाई अग्रता दिलाएका थिए । यसपछि थप गोल हुन नसक्दा मछिन्द्रको चुनौती पहिलो खेलबाटै समाप्त भएको हो ।

जितसँगै क्वार्टरफाइनल प्रवेश गरेको जावलाखेलले अब सेमिफाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दीविरुद्ध खेल्नेछ । यी दुई टिमबीचको खेल माघ १५ गते हुनेछ । प्रतियोगिताको यस संस्करणमा भुटानको एक टिमसहित कुल १२ टिमको सहभागिता छ ।

यसअघि भारतको एक टिम आउने जनाइए पनि अन्तिम समयमा उक्त टोलीले नाम फिर्ता लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय