इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष पक्राउ

काठमाडौं। इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लक्ष्मीलाई ललितपुरको धोबिघाटबाट बिहीबार पक्राउ गरेको हो।

सरिता तिमल्सेना (कँडेल) सहितको जाहेरीको आधारमा उक्त सहकारीका अध्यक्ष ५१ वर्षीय देवकुमार नेपालीसमेत ८ जनालाई पक्राउ गर्न भन्दै पक्राउ पूर्जी समेत जारी भएको थियो। गत जेठ २ गते जिल्ला अदालत बाग्लुङबाट पक्राउ पूर्जी जारी भएपछि फरार भएकी २७ वर्षीया लक्ष्मीलाई सीआईबीले पक्राउ गरेको हो।

पक्राउ परेकी लक्ष्मीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बाग्लुङको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर