एजेन्सी । जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ। जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको भूकम्पमा परी कम्तीमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने एक सरकारी अधिकारीले बताएका छन्।
इशिकावा प्रान्तमा केन्द्रविन्दू रहेको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिका पराकम्पनले जापानको समुद्री तटमा रहेको उक्त क्षेत्रको केही भाग ध्वस्त पार्नुका साथै भवनहरू भत्किएका छन्, सडकहरू भत्किएका छन् र ठूलो आगलागी भएको छ।
इशिकावा र दुई छिमेकी क्षेत्रमा १.१ ट्रिलियन येन ९७.४ बिलियन डलरदेखि २.६ ट्रिलियन येन ९१७.६ अर्ब डलरको क्षति भएको हुनसक्ने सरकारी अध्ययनले देखाएको हो।
क्याबिनेट कार्यालयका एक अधिकारीले विगतका ठूला भूकम्पको तथ्याङ्क प्रयोग गरेर गणना गरिएको र बिहीबार सरकारी बैठकमा आर्थिक प्रतिवेदन पेश गरेको पुष्टि गरेका छन्।