गगन थापाले सुरु गरे झापादेखि ‘संवाद यात्रा’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झापादेखि ‘संवाद यात्रा’ सुरु गरेका छन् । महामन्त्री थापाले आज बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा सुरु गरेका हुन् ।

समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेल सहभागी भएको कांग्रेस झापाले जनाएको छ ।

पार्टीका कार्यकर्ता र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा सुरु गरेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी १३ देखि २६ माघसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ । महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर