छुट भएका ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकालाई राष्ट्रिय सहीद घोषणा गर्ने कुरा सरकारको प्राथमकितामा रहेको बताएका छन्।

शनिबार शहीद प्रतिष्ठान नेपालको १४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले छुट भएका ३ हजार जनालाई छिट्टै शहीद घोषणा गरिने बताए।

उनले भने,‘मैले यो पटक त्यो अधुरो कामलाई पूरा गर्नै पर्छ भन्ने संकल्प लिएका हुनाले उनीहरूलाई राष्ट्रिय शहीदको सम्मान गर्ने कार्य पूरा भएको छ। झन्डै ३ हजार छुट भएकाको शहीद घोषणा मन्त्रिपरिषदबाट निर्णय भइसकेको छ।

गृह मन्त्रालयबाट प्रमाणीकरण भइसकेको छ। र अब राजपत्रमा प्रकाशित गर्न अगाडि बढिसकेको छ।’ उनले अझै कोही छुटेका भए त्यसलाई पनि लिस्टिङ गर्ने काम भइरहेको भन्दै प्रचण्डले त्यसलाई पनि राष्ट्रिय शहीद घोषणा गर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर