वीर नेपाली भनेर चिनिने पहिचान अहिले फेरिएको मनीषा कोइरालाको भनाइ

काठमाडौं । कलाकार मनीषा कोइरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छन् । आज काठमाडौंमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विचार गोष्ठीमा उनले यस्तो बताएकी हुन् ।

उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एकपटक सोच्नुपर्नेमा जोड दिइन् । वीर नेपाली भनेर चिनिने पहिचान अहिले फेरिएको उनको भनाइ छ ।

नेपाल भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको उनले उल्लेख गरिन् । आउँदो पुस्तालाई भत्किएको, टुक्रिएको, आपसमा मतभेद राखेर फुटेको नेपाल हस्तान्तरण गर्न लागिएको उनको टिप्पणी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर