जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ मार्फत राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको हो ।

जीबी राई सहित ४ जना विरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालय स्थित नेशनल सेन्ट्रल ब्यूरो ९एनसिबी०मा जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा पत्राचार गरेको थियो । अन्य तीनजनाको हकमा डिफ्युजन जारी भएको छैन ।

अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । काठमाडौँ स्थित प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट जीबी विरुद्ध नोटिस जारी गरिएको हो

प्रतिक्रिया

सम्बन्धित खवर