काठमाडौं। अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको हो।
खड्कामाथि अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको आरोप छ।
खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

