काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति (भीसी)का लगि ४३ जनाको आवेदन परेको छ । सर्ट कमिटीले गरेको खुला आह्वानपछि २ जना महिलासहित ४३ जनाले आवेदन दिएका हुन् । जनीतिक भागबण्डाका कारण त्रिवि धराशायी बन्दै गइरहेको आरोप लागिरहेका बेला सरकारले खुला प्रतिस्पर्धाबाट भीसी नियुक्त गर्न लागेको हो ।
आवेदन दिने ४३ जना राजनीतिक रूपमा विशुद्ध भने छैनन् । कुनै न कुनै समय नियुक्ति लिएका तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाटै आवेदन परेको भन्दै उनीहरूबाट त्रिवि हाँक्न कठिन हुने आकलन भइरहेको छ ।
प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविमा जसरी पनि सक्षम व्यक्ति आउनुपर्ने अडान लिइरहेका छन् ।
त्यसका लागि उनले शिक्षाविद्हरूसँग समेत परामर्श गरेका छन् ।

