काठमाडौं। निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटिआर-७२-५००’ विमान भित्र्याएको छ। दुवै विमान बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
यतीले एकै पटक दुई विमान थपेको हो। यो सँगै यतीसँग एटीआर-७२ विमान सात पुगेको छ। आज थपिएका दुई जहाजको क्रमशः ‘९एन-एओएफ’ र ‘९एन-एओएच’ नेपाली दर्ता नम्बर रहेको छ। एक साताभित्रै विमानले उडान गर्ने जनाइएको छ।

