काठमाण्डाै – पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको छ ।
वेस्ट इन्डिजले दिएको २ सय ३२ रनको लक्ष्य अस्ट्रेलियाले ३८ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका ३ जना खेलाडीले अर्धशतक बनाए । कप्तान स्टेभ स्मिथले नट आउट ७९, क्यारन ग्रीनले नट आउट ७७ र जोश इङ्लिसले ६५ रन बनाए । वेस्ट इन्डिजका म्याथ्यु फोर्डे र गुडाकेश मोटीले समान १ विकेट लिए ।
यसअघि मेलबर्नमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ४८ ओभर ४ बलमा २ सय ३१ रन बनाउँदा अल आउट भयो । वेस्ट इन्डिजका केसी कार्टीले ८८ र रोस्टन चेजले ५९ रन बनाए । अस्ट्रेलियाका जेभियर बार्टलेटले ४ विकेट लिए । ३ खेलको शृङ्खलाको दोस्रो खेल आउँदो आइतवार हुनेछ ।