ठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपाल भारतसँग पराजित भएको छ । सुपर सिक्समा पुगेको नेपालले हिजोको दोस्रो खेलमा भारतसँग १ सय ३२ रनको फराकिलो हार ब्यहोरेको हो ।
२ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर मात्र १ सय ६५ रन बनाउन सक्यो । कप्तान देव खनालले ३३ रन बनाएको इनिङ्समा पुछारका ब्याट्सम्यान दुर्गेश गुप्ताले नटआउट २९ रन बनाए । अर्जुन कुमालले २६ र दिपक बोहोराले २२ रन बनाए ।
आकाश चन्दले नटआउट १८ रन बनाएका थिए । भारतका सौम्य पाण्डेले सर्वाधिक ४ विकेट लिए । पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनायो ।
भारतका लागि सचिन दाश र कप्तान उदय शरणले शतकीय पारी खेले । सचिनले ११६ रनको शतकीय पारी खेले । १०१ बल खेलेका ११ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै उदयले १०० रनको शतकीय पारी खेले । १०७ बल खेलेका उनले ९ चौका प्रहार गरे । भारतका लागि अर्शद सिहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ रनको योगदान गरे ।
नेपालका लागि गुलशन झाले तीन विकेट लिँदा आकाश चन्दले एक विकेट लिए ।