आफ्नै मृत्युबारे गलत प्रचार गरिन् यी भारतीय अभिनेत्री पुनम पा

काठमाडौं। भारतीय अभिनेत्री पुनम पाण्डेले आफ्नो मृत्युबारे झुठो खबर फैलाएकी छन्। अभिनेत्री पाण्डेले शुक्रबार इन्स्टाग्राममार्फत् आफ्नो मृत्यु भएको खबर फैलाएकी थिइन्।

शनिबार उनले उक्त इन्स्टाग्राममा पोष्ट गरेको उक्त खबर झुटो भएको बताएकी छन्। उनले सर्भिकल क्यान्सरबारे सचेतना फैलाउनलाई उक्त झुठो खबर फैलाएको जानकारी दिइन्।

उनले शेयर गरेको भिडियोमा सर्भाइकल क्यान्सरविरुद्ध युद्ध लड्नुपर्ने कुरा गरेकी छन्। उनले भिडियो क्याप्सनमा लेखेकी छन्, ‘म तपाईंहरूलाई केही महत्त्वपूर्ण कुरा भन्न बाध्य महसुस गरिरहेकी छु। म यहाँ छु, जीवित छु। मलाई सर्भाइकल क्यान्सर भएको छैन तर यसले हजारौं महिलाको ज्यान लिएको छ, जुन दुःखद् छ। यो बिमारसँग लड्नेबारे ज्ञानको कमीले महिलाहरूले ज्यान गुमाइरहेका छन्। केही अन्य क्यान्सरभन्दा विपरीत सर्भाइकल क्यान्सर पूर्णतः रोकथाम गर्न सकिन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय