गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको ओलीको आरोप

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको बताएका छन्।

ओलीले सत्तामा पुग्ने र सत्तामा अडिरहने बाहेक सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा केही पनि काम नगरेको आरोप लगाए।

आज शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनले सत्तामा अडिनेबाहेक अरू कुनै राजनीति नगरेको जिकिर गरे।

प्रतिक्रिया

सम्बन्धित खवर