काठमाडौं । माओवादी केन्द्रको संसदीय दलको बैठक भोलि बिहान बस्दैछ। आज बिहान ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने भनिएको बै७क भोलिका लागि सारिएको छ ।
भोलि सोमबार प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। सोमबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विधेयक र पार्टीको भूमिकाको विषयमा छलफल हुने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

