जर्मन लिग: बायर्न म्युनिखले बोरुसियालाई हरायो

काठमाडौं । ह्यारी केनले बुन्डेसलिगामा २४ औं गोल पुरा गर्दा बायर्न म्युनिखले जर्मन लिगमा बोरुसिया मोनचेनग्लाडवाचलाई हराएको छ । शनिबार बायर्नले मोनचेनग्लाडवाचलाई ३–१ गोल अन्तरले हराएको हो ।

केनले ७० औं मिनेटमा बायर्नका लागि गोल गरेका थिए । त्यसअघि बायर्नकै अलेक्जेन्डर पावलोविचले ग्लेडवाचका निको एल्वेडीको सुरुवाती अग्रतालाई बराबरी गर्न सफल भएका थिए ।

खेल सकिन चार मिनेटअघि म्याथिज डी लिटले बायर्नका लागि तेस्रो गोल गरेका थिए । जित सहित बार्यनले शीर्ष स्थानको बायर लिभरकुसनसँगको दुरीलाई २ अंकमा झारेको छ ।

शनिबारको रातनै नाथन टेलाको दुई गोलको मदतले जाबी अलोन्सोको टिम लिभरकुसनले डार्मस्टेडलाई २–० ले हराएको थियो । शीर्ष स्थानको लिभरकुसनको ५२ अंक छ । दोस्रो स्थानको बायर्नको ५० अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर