नेप्से परिसूचक आज ५.३१ अंकले घट्यो

काठमाडौं । नेप्से परिसूचक आज ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा बन्द भएको हो । गएको साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३०.९२ अंकले घटेको थियो ।

कारोबार रकम बिहीबारको तुलनामा करिब एक अर्ब रुपैयाँले घटेको छ । आज तीन अर्ब २१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार चार अर्ब १८ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

१०४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३२ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतशितले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय