काठमाडौं । कलाकार अभिनेता गौरव पहारीले विवाह गरेका छन्। उनले आज आइतबार श्रेणी खतिवडासँग विवाह गरेका हुन्। उनीहरूको विवाह समारोह मुलपानीस्थित नर्लिङ रिसोर्टमा भएको हो। उनीहरूको विवाह समारोहमा नजिकका साथीभाइ र परिवार उपस्थित छन्।
गौरवले ‘मञ्जरी, होस्टेल, उत्सव, गाजलु, साइली, नम्बर सुन, दुई कदम’ लगायत फिल्ममा अभिनय गरेका छन्।