मेनुका पौडेल ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिइन्

काठमाडौं । मेनुका पौडेल‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।

मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । उनी लेख्छिन्- मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’

मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । ‘म सबैजनालाई आश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरुपमा गायन र प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेछु ।’

उनले फिल्मको गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिन फ्यानलाई आग्रह गरेकी छन् । यो वर्षभरि नै आफ्नो पाइपलाइनमा संगीतको योजना रहेको समेत उनले उल्लेख गरेकी छन् । ‘यो मेरो सुरुवात हो, समाप्ती होइन’ उनले लेखेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय