चालु अधिवेशन कानुन निर्माणमा केन्द्रित हुन जरुरी रहेको सभामुखको भनाइ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूले संसद्को चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताएका छन् ।

आजदेखि सुरु भएको प्रतिनिधिसभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रका साझा मुद्दाहरूमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई एकतावद्ध भएर अघि बढ्न पनि आग्रह गरे ।

विगतका दुई अधिवेशनमा संसद् नियमावलीको निर्माण तथा विषयगत समितिहरूले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील र जीवन्त हुँदै गएको उल्लेख गर्दै उनले चालु अधिवेशन मुलुकका लागि आवश्यक कानुन निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय