राष्ट्रियसभाको अध्यक्षमा माओवादीले दाबी गर्ने

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदमा सत्तारुढ नेकपा माओवादी केन्द्रले दाबी गर्ने भएको छ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज मंगलबार बसेको संसदीय दलको बैठकमा राष्ट्रियसभाको सबैभन्दा ठूलो दल भएकाले अध्यक्षमा दाबी गर्ने गरी छलफल भएको प्रतिनिधिसभा सदस्य एवं पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

यही माघ ११ गते भएको निर्वाचनबाट ५ सांसद जितेको माओवादी केन्द्र आगामी फागुन २१ पछि १८ सिटका साथ राष्ट्रियसभाको पहिलो दलको हैसियतमा रहने भएको छ।

राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने सहमति बने पनि कोशी प्रदेशमा कांग्रेसले फ्लोर क्रस गरेर एमाले उम्मेदवारलाई जिताएपछि माओवादीमा अध्यक्ष दिन नहुने मत बलियो बनेको सचिव पौडेलले बताए।

कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने तयारी गरेको छ। माओवादीले दाबी नछाड्ने परिस्थितिमा गठबन्धनमा खटपट बढ्ने देखिएको छ।

संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिपक्षी दलको प्रतिवाद गर्न सांसदहरुलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय