व्यवसायी अरुण चौधरी रिहा

काठमाडौँ । व्यवसायी अरुण चौधरी रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार आज चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो ।

काठमाडौं । व्यवसायी अरुण चौधरीसहित तीनैजना छुटेका छन् ।

प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा गैरकानुनी तरिकाले आफ्नो नाममा नामसारी गरेको आरोपमा पक्राउ परेका चौधरीसहित पक्राउ परेका कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई आज बुधबार छोडेको हो । उनीहरु १८ माघमा पक्राउ परेका थिए ।

सीआईबीले पुनः म्याद थपका लागि सोमबार अदालत पेस गरेको थियो । तर, अदालतले दुईदिन थुनामा राखेर अनुसन्धान गरेर अनुसन्धान नसकिए हाजिरी जमानीमा छोड्न आदेश दिएसँगै उनीहरुलाई सीआईबीले अहिले छोडेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय