आगामी फागुन ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आगामी फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि प्रतिनिधिसभामा पहिल्यै समूह विभाजन भइसकेको छ भने ६ फागुनमा तेस्रो समूहका सांसदहरूले प्रधानमन्त्रीलाई सीधा प्रश्न सोध्ने छन्।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा लागि सांसदहरूले फागुन २ गते नै संघीय संसद्को महासचिवलाई लिखित रुपमा प्रश्न बुझाउनुपर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर