मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक

काठमाडौं । मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बसेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी लगायतका दलहरु सभागी थिए। आजको बैठक अनौपचारिक भएको र संघीयता कार्यान्वयनमा सत्ता साझेदार दलको भूमिका बारेमा प्रधानमन्त्रीसँग छलफल भएको छ ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन र कोशी प्रदेशमा फ्लोर क्रस र त्यसको असरबारे पनि समीक्षा भएको छ। कोशीमा माओवादीले पाएको धोकाले उसले अध्यक्षमा आफ्नो दाबी रहने बताएपछि कांग्रेस सशंकित बनेको छ। गठबन्धनको सहमति अनुसार राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउनु पर्ने हो।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय