काठमाडौं। पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो। जितसँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुनुअघि दुई सय १७ रनमात्र बनाउन सक्यो।
क्यानडाका लागि निकोलश किर्तोनले ६८ र पर्गत सिंहले ५० रन बनाए। नेपालका लागि भने कप्तान रोहित कुमार पौडेलले ४, ललित राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सराफ र कुशल मल्लले १-१ विकेट लिए।
२ विकेटको क्षतिमा ११४ रनको अवस्थामा रहेको क्यानडाका पर्गत सिंहलाई ५० रनमा ललित राजवंशीबाट क्याच आउट गराउँदै क्याप्टेन रोहितले नेपाललाई ‘ब्रेक थ्रू’ गराएका थिए ।
८.५ ओभर बलिङ गरेका रोहितले २ मेडन राख्दै २२ रन खर्चेर ४ विकेट लिए । उनले श्रेयर मोभ्भालाई १, उदय भागवानलाई ६ र इश्वरजोत सोहीलाई शुन्य रनमा आउट गर्दै नेपाललाई रोमाञ्चक जित दिलाए।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पूरै ओभर खेलेर २२४ रनमा अलआउट भएको थियो। नेपालका लागि कुशल भूर्तेलले अर्धशतकीय पारी खेले। उनले ६२ रन बनाए। तथापि, जितको लागि पर्याप्त भने हुन सकेन।
आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सराफले १५ रन बनाए। सूर्य तामाङ भने १० रनमा अविजित रहे। ललित राजवंशी १ रनमा आउट भए।
कप्तान रोहित पौडेल र आसिफ शेख ८–८ रनमा आउट भए। रिजन ढकाल ४ रनमा आउट भए। क्यानडाका लागि उदय भागवानले ३, साद बिन जफर र इश्वरजोत सोहीले २–२ तथा शाहिद अहमदजाई र हर्श ठकेरले १-१ विकेट लिए।नेपाल र क्यानडाबीचको दोस्रो खेल शनिबार त्रिवि मैदानमा हुनेछ।