काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले माओवादी नेता कृष्णबहादुर महराको बयान लिएको छ । आज आयोगकै कार्यालय सिंहदरबारमा बोलाएर आयोगले पूर्वसभामुखसमेत रहनुभएका महराको बयान लिएको हो ।
त्यस्तै आजै आयोगले भिमकान्त भण्डारीको समेत बयान लिएको आयोग स्रोतले बतायो । उनी विद ल्याबका सञ्चालक हुन् । महरा १० पुस २०७९ मा फ्लाई दुबईबाट नेपाल भित्र्याइको इलेक्ट्रिक सिगरेट ९भेप० मार्फत तस्करी भएको नौ किलो सुनसँग जोडिएका थिए ।
भेप चिनियाँ नागरिक लि हासोङ्गले नेपाल ल्याएका थिए । उनी फरार छन् । उनीसँग महराको कनेक्सन देखिएको थियो । उक्त तस्करी प्रकरणमा जोडिएका महराका छोरा राहुल महरा भने पुर्पक्षका लागि थुनामा छन् ।