नेकपा एसले चैत मसान्तसम्म अध्यावधिक र विस्तार गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अध्यावधिक र विस्तार गरिसक्ने निर्णय गरेको छ ।

आज बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीले चैत २५ गतेसम्म संगठन सुदृढीकरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीको महाधिवेशनका निम्ति ०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय पनि गरिएको छ । एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय