प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन समितिको घोषणा गरिने गृहमन्त्रीको भनाइ

काठमडाौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताएका छन् ।

शुक्रबार अध्यागमन विभागको ई–भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै उनले केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्ने र प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने पक्षमा रहेको बताए । उनले नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेकाले अब मन्त्रिपरिषद्‌बाट पास गरी संसद्‌मा दर्ता गर्ने तयारी मन्त्रालयले गरिरहेको पनि बताए ।

०७६ सालमा पारित भएको प्रहरी समायोजन ऐनलाई केही संशोधन तथा परिमार्जन गर्न जरुरी छ र त्यसका लागि पनि विधेयक तयार भइसकेको छ, उनले भने ।

०७६ मै पारित भएको नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय ऐनमा पनि केही संशोधन गर्नुपर्ने भएकाले त्यसलाई पनि संसद्‌मा पेस गर्न लागेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले जालसाझी, ठगी, भ्रष्टाचार गर्नेहरूलाई समात्दा वक्तव्यबाजी गर्ने र राजनीतिक दबाब दिने काम नगर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय