युक्रेनको खार्किभमा रुसी ड्रोन आक्रमणमा तीन बालबालिकासहित सात जनाको मृत्यु

काठमाडौं। पूर्वी युक्रेनको खार्किभ शहरमा रहेको एक पेट्रोल पम्पमा शनिबार भएको रुसी ड्रोन आक्रमणमा परी तीन बालबालिकासहित सात जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन्।

मृतकमध्ये क्रमशः सात र चार वर्ष र ६ महिनाका बालबालिका छन्। खार्किभका मेयर इगोर टेरेखोभले आक्रमणका कारण इन्धन केन्द्रमा विस्फोट हुँदा नजिकैका घरहरूमा क्षति पुगेको बताए।घरभित्र रहेका कम्तीमा ५० जनालाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए।

खार्किभका क्षेत्रीय अभियोजक ओलेक्सान्डर फिलाचकोभले खार्किभको नेमिश्ल्यान्स्की जिल्लामा तीन ड्रोन प्रहार गरिएको बताए। खार्किभ र क्षेत्रीय राजधानीको पूर्वमा रहेको एउटा गाउँमा रातको समयमा भएको आक्रमणपछि शनिबार पनि हमला गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय