एसियन कपको उपाधि कतारलाई

काठमाडौं । एएफसी एसियन कपको उपाधि कतारले जितेको छ । कतार लगातार दोस्रो पटक उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको फाइनलमा जोर्डन माथि ३-१ को जित निकाल्दै कतार लगातार दोस्रो पटक एसियन च्याम्पियन बनेको हो। कतारका लागि अक्रम अफिफले ह्याट्रिक पूरा गरे । उनले सबै गोल पेनाल्टी मार्फत गरेका थिए। अफिफले प्रतियोगिता अवधिभर ८ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बन्न सफल भए।

कतारले खेलको २२औं मिनेटमा अग्रता लिएको थियो। अफिफ आफैमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए। कतारले २०१९ मा जापान माथि ३(१ को जित निकाल्दै पहिलो पटक उपाधि जितेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय