काठमाडौं । आईसीसी यू–१९ विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबीच प्रतिष्पर्धा हुँदैछ । दक्षिण अफ्रिकामा जारी खेलमा आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पराजित गर्दै भारत फाइनल पुगेको हो ।
यसैगरी पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको फाइनल यात्रा तय गरेको हो । अहिलेसम्म यू–१९ मा भारतले अस्ट्रेलियालाई जितका लागि एउटा पनि मौका दिएको छैन ।
चार पटक भएको भेटमा सबै जित भारतले नै निकालेको छ भने २०१८ मा भएको यू–१९ विश्वकपको समूह चरणको खेलमा अस्ट्रेलियामाथि भारत सय रनले विजयी भएको थियो ।
पाँचौ भेटलाई सुखद् बनाउने तयारीमा अस्ट्रेलिया छ भने भारत भने अस्ट्रेलियामाथिको दबाबलाई निरन्तरता दिँदै विश्वकप जित्ने दाउमा छ ।