कांग्रेस महासमिति बैठकबाट स्थानीय व्यवस्थापन उपसमितिमा सदस्य थप

काठमाडौं। नेपाली काँग्रेसले गोदावरीमा फागुन ७ गते हुने महासमिति बैठकका लागि उपसमितिमा १० जना सदस्यहरू मनोनीत गरेको छ।

स्थानीय व्यवस्थापन उपसमितिमा मनोनीत हुनेहरूमा गोविन्द पुडासैनी काठमाडौं, सुशील बस्नेत भक्तपुर, वशिष्ठकुमार अधिकारी ललितपुर, ईन्द्रबहादुर थापा काठमाडौं, राजेश खड्का भक्तपुर, लक्ष्मी महर्जन ललितपुर, यादवप्रसाद अधिकारी भक्तपुर, रोमेल श्रेष्ठ काठमाडौं, सुन्दरमान थिङ्ग ललितपुर र शुभानन् रत्न धाख्वा ललितपुर रहेका छन्।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिमा १० जना सदस्यहरूलाई मनोनीत गरिएको हो। काँग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ। बैठकमा देशभरिबाट करिब २५ सय जना नेता कार्यकर्ताहरू सहभागी हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय