राष्ट्रपति पौडेलले दिए गायिका मेनुका पौडेललाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल नेपाली गायिका मेनुका पौडेललाई बधाई दिएका छन् ।

आज सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले मेनुकालाई धन्यवाद दिंदै सम्मानसमेत व्यक्त गरेका हुन् ।

राष्ट्रपतिले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताएको उनको सचिवालयले जनाएको छ । मेहनत र क्षमता देखाएर देशका छोराछोरीले मुलुकको शान र गौरव बढाउने उनको भनाइ थियो ।

गायिका पौडेल यतिबेला काठमाडौंमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय