भोली सार्वजनिक बिदा नरहेको सरकारको प्रष्टोक्ती

काठमाडौं । सरकारले फागुन १ गते भोली सार्वजनिक बिदा नरहेको जानकारी स्पष्ट पारेको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि फागुन १ को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाइएको छ ।

यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको बिदा खारेज गर्न परमादेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय