काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् ।
आज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले यो मामिलामा सबैभन्दा बढी गम्भीर भएर लागेको बताउँदै लाखौँ बचतकर्ताहरू ठगिएको र उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा दृढ रहेको स्प्ष्ट पार्नुभएको छ ।

