सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले घटेर कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर कारोबार भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा करोबार भएको छ । चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय