पाल्पामा दुर्घटना हुँदा आठ जनाको मृत्यु

काठमाडौं । पाल्पामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।

आज अपराह्न तिनाउ गाउँपालिका-६ स्थित मस्यामको चिदिसमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए।

दुर्घटनास्थलमा आठ वटा शव फेला परेको उनले बताए । यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप डुम्रेबाट सिखरडाँडा जाँदै गर्दा मंगलबार साँझ पौने ५ बजे दुर्घटना भएको हो।

तिनाउ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टोमबहादुर पुनले पनि दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको बताए। दुर्घटना हुँदा १५ जना घाइतेको उद्धार गरी अस्पताल पठाएको पनि उनले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक राजकुमार चापागाईले घाईतेहरूको उद्धार गरी लुम्विनी मेडिकल कलेज पठाइएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय