आज पनि घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदीको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो मंगलबारको तुलनामा एकै दिन १२ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार १५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार तोलामा ३० रुपैयाँले घटेर चाँदीको कारोबार भइरहेको छ । यससँगै, आज चाँदीको प्रतितोला मूल्य १३ सय ६५ रुपैयाँ छ । हिजो मंगलबार यसको मूल्य १३ सय ९५ रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय