ललिता निवास प्रकरणको फैसला अदालतले बिहीबार सुनाउने

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणको फैसला भोलि बिहीबार मात्रै सुनाउने भएको छ । आज नै फैसला सुनाउने तयारी गरे पनि समय अभाव भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर भोलि फैसला सुनाउने दिन तोकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

फैसला सुन्न प्रतिवादी र उनीहरुका वकिल विशेष अदालतमा उपस्थित भए पनि अदालतले समय अभाव देखाउँदै भोलिका लागि सारेकोे हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, ३ जना पूर्वमन्त्री, अख्तियारका तत्कालिन प्रमुखसहित त्यतिबेलाका उच्च पदस्थ सरकारी कर्मचारी, जग्गाधनी र जग्गा खरिद गर्नेहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय