सुन आज हिजो कै मूल्यमा कारोबार हुँदै

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थिर छ ।

छापावाल सुन तोलाको एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय