काठमाडौं । च्याम्पियन्स लिग फुटबलको पहिलो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले सफलता प्राप्त गरेको छ । बुधबार अन्तिम १६ को पहिलो लेगमा पीएसजीले रियल सोसिडाडविरुद्ध २–० को अग्रता लिएको हो । पीएसजीको जितमा केलियन एमबाप्पे र बार्कोलाले विजयी गोल गरे ।
खेलमा अग्रता एमबाप्पले ५८ औं मिनेटमा दिलाएका थिए । बार्कोलाले ७० औं मिनेटमा पीएसजीको अग्रतालाई दोब्बर बनाएका थिए । जित सहित सोसिडाडले क्वार्टरफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । सोसिडाडले दोस्रो लेग मार्च ५ मा घरेलु मैदानमा आयोजना गर्नेछ ।
पहिलो लेगकै खेलमा जर्मन क्लब बार्यन म्युनिख सिरि ए क्लब लाजियोसँग १–० ले पराजित बनेको छ । लाजियोको जितमा इममोबिलले विजयी गोल गरेका थिए ।