कांग्रेसको महासमिति बैठक आगामी सोमवारदेखि शुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महासमिति बैठकमा पेस गर्ने तीन वटा प्रस्तावमाथि १६ बुँदे धारणा राखेका छन् ।

ललितपुरको सानेपामा आज बसेको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले आफ्ना सुझावसहित धारणा राखेका हुन् । उनले पार्टीका प्रस्ताव मौलिक हुनुपर्नेमा गठबन्धनको छाया देखिएको टिप्पणीसमेत गरेका छन् । अबदेखि कांग्रेसले कुनै पनि चुनावमा गठबन्धन गर्न नहुने उनको भनाइ छ ।

हिजोको बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव पेस गरेका छन् । खड्का गठबन्धन सरकारमा उपप्रधान एवम् रक्षामन्त्रीसमेत छन् ।

नेता कोइरालाले देशको विकास र सुशासनको प्रमुख बाधक नै बेरोजगारीको समस्या र युवा पलायन रहेको बताए। उनले यसतर्फ विस्तृत अध्ययन गरी समस्या समाधानका सूत्र पहिल्याउन एक उच्चस्तरीय कार्यदल बनाउन आवश्यक देखिएको उल्लेख गरे ।

कांग्रेसको महासमिति बैठक प्रजातन्त्र दिवस अर्थात् आउँदो सोमवारदेखि शुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय