तनहुँ दुर्घटना अपडेटः २ जना मृतकको सनाखत, घाइतेको उपचार हुँदै

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ।

आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आशवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आशवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।

बरादी(हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती बोकेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो। अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल जीप खसेको थियो।

दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेहरुको आँबुखैरेनी अस्पताल र चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय