गाजाको रफाहमा आक्रमण गर्ने इजरायलको चेतावनीप्रति राष्ट्रसंघको कडा आपत्ति

इजरायलले गाजाको रफाह शहरमा आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्रसंघले कडा आपत्ति जनाएको छ।

गाजाका लागि संयुक्त राष्ट्रसंघीय वरिष्ठ मानवीय राहत संयोजक सिगरिड कागले राफामा आत्रमण गरे यो निकै विनाशकारी घटना हुने बताएका छन्। उनले राफामा १० लाख शरणार्थी मात्रै रहेको र स्थानीय सहित लाखौँ मानिस बसोबास गरिरहेको भन्दै यस्तो निर्णय नलिन इजरायललाई सचेत गराए।

राष्ट्रसंघीय एजेन्सीका अनुसार इजरायलले अस्पतालमा सैन्य अभियान चलाइरहेको छ। खान युनिसस्थित नासिर अस्पताल इजरायलले सैन्य अभियान चलाएकोप्रति राष्ट्रसंघले आपत्ति जनाएको छ।

गत अक्टोबर ७ मा हमासले इजरायल आक्रमण गरेयता इजरायलले जारी राखेको गाजा आक्रमणमा २८ हजार बढीको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय