काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको छ।
महासंघका अनुसार सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यसै गरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।
आज चाँदी तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।