वर्तमान संसद्को कार्यकालभर गठबन्धन जारी राख्नुपर्ने गगन थापाको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान संसद्को कार्यकालभर गठबन्धन जारी राख्नुपर्ने बताएका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा मंगलबार प्रतिवेदन प्रस्तुत गर्ने क्रममा थापाले भविष्यमा गठबन्धन गर्न नहुने तर संसद्‌को अहिलेको कार्यकालभर गठबन्धन कायम राख्नुपर्ने बताएका हुन् ।

“एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि नेपाली कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गर्नुपर्‍यो,” थापाले भनेका छन्, “गत निर्वाचनमा नेपाली कांग्रेसले पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म जनतासँगको बाचा र अन्य साझेदार दलहरूसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्छ भन्नेमा हामी सचेत छौँ ।”

उनले कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने विषय स्वाभाविक हुने बताए । तर, निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर