काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजना प्रस्तुत भएका छन्।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको आफ्नो राजनीतिक विश्लेषण प्रस्तुत गरेका हुन्। उनले खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको बताए।

