काँग्रेसको महासमिति बैठकमा प्रतिवेदनमाथि विभिन्न चरणमा आजदेखि छलफल

काठमाडौं। नेपाली काँग्रेसको महासमिति बैठकमा आजदेखि पेस भएका प्रतिवेदनमाथि विभिन्न चरणमा छलफल हुने भएको छ। मंगलबार पाँच वटा प्रतिवेदन प्रस्तुत गरिएका थिए। ती प्रतिवेदनमाथि आजबाट छलफल सुरु हुने नेपाली काँग्रेसले जनाएको छ।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले पेश गरेको नेपालको वर्तमान आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन माथि आजबाट बहस र छलफल हुने काँग्रेस प्रचार प्रसार उपसमितिका संयोजक मीन बहादुर विश्वकर्माले जानकारी दिए। पेस गरिएका प्रतिवेदनमा चारवटा हलहरुमा छुट्टा छुट्टै छलफल हुने जनाइएको छ। कांग्रेसको महासमिति बैठक बिहीबार समापन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर